हेटौंडा । संघीय सरकारले ल्याएको बजेटमा बागमती प्रदेश सरकारले सबै भन्दा धेरै बजेट प्राप्त गर्ने भएकोे छ । सात वटै प्रदेश सरकार मध्यमा बागमती प्रदेशले सबै भन्दा धेरै बजेट प्राप्त गरेको हो ।
सबैभन्दा धेरै बजेट पाएको बागमती प्रदेशमा २० अर्ब ३२ करोड, ६६ लाख रकम हस्तान्तरण हुने छ । बागमतीमा ८ अर्ब ४० करोड ४६ लाख समानीकरण अनुदान, १० अर्ब ९ करोड २० लाख ससर्त अनुदान, ७९ करोड विशेष अनुदान, १ अर्ब ४ करोड समपुरक अनुदान छुट्याइएको छ ।
संघीय सरकारले ल्याएको बजेटमा प्रदेश सरकारको लागि १ खर्ब २९ अर्ब ४६ करोड ६ लाख रुपैयाँ अनुदान दिएको छ ।
संघीय सरकारले सात वटै प्रदेश सरकार र स्थानीय तहहरुलाई समानीकरण, विशेष, ससर्त र समपुरक अनुदान गरी ४ शीर्षकमा सरकारले बजेट छुट्याएको हो ।प्रदेशतर्फ यो पटक सबैभन्दा धेरै बजेट बागमती प्रदेशमा र सबैभन्दा कम गण्डकी प्रदेशमा गएको छ ।