काठमाडौं : लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/ ८० को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ।प्रदेश सरकारले तयार गरेको वार्षिक नीति तथा कार्यक्रम प्रदेश प्रमुख अमिक शेरचनले आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने कार्यतालिका छ।
यसअघि गत सोमबार बस्ने भनिएको बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यसूची रहेको थियो। तर प्रदेश प्रमुख शेरचन अस्वस्थ भएपछि कार्यक्रम आजको लागि सारिएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले बताए।
लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा आगामी बजेटमा यसअघि अधुरा रहेका योजना प्राथमिकतामा पर्ने भएका छन्। प्रदेशको विकासका लागि कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र पर्यटन नीति कार्यक्रमको प्राथमिकतामा परेको बताइएको छ।