१२ असार,मक्रान्चुली- मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा डिजिटल कृषि परामर्श सेवा केन्द्र स्थापना हुने भएको छ ।
कृषि विकास बैंक लि. प्रदेश कार्यालय विरेन्द्रनगर चितवन र मकवानपुरगढ़ी गाँउपालिका बिच आइतबार डिजिटल कृषि परामर्श सेवा केन्द्र स्थापनाको लागि सम्झौता भएको छ ।
किसानहरुलाई एकिकृत गरि कृषकहरुको समस्या समाधान गर्न र कृषि बाजारको पहुँच सहज बनाउन यो प्रविधिले सहज हुने बताइएको छ । डिजिटल माध्यमबाट सहि सूचना सहि समयमा प्रदान गरि कृषि क्षेत्रलाई प्रभाबकारि र व्यवस्थित गर्न यो कार्यक्रमले सहयोग पुग्ने विश्वास लिइएको गाउँपालिकाका प्रवक्ता दिपेश दाहालले बताउनुभयो ।
सम्झौता-पत्रमा कृषि विकास बैंकको तर्फबाट प्रदेश कार्यालयका निर्देशक श्री रघुनाथ न्यौपाने र बरिष्ठ शाखा अधिकृत श्री नुरप्रसाद गौतम त्यसै गरि मकवानपुरगढी गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत श्री रामकुमार पुडासैनी र कृषि अधिकृत चन्द्रकान्त चौधरीले हस्ताक्षर गर्नुभएको छ ।
डिजिटल कृषि सूचना तथा परामर्श सेवा केन्द्र स्थापनाको वारेमा जियो कृषिको तर्फबाट संक्षिप्त प्रस्तुतीकरण गरिएको थियो ।
सवै क्षेत्रमा डिजिट्लाइजेशन शुरुवात भईरहेको सन्दर्भमा डिजिटल कृषि सूचना तथा परामर्श सेवा केन्द्र स्थापना पश्चात मकवानपुरगढी गाउँपालिकाका कृषकहरुलाई डिजिटल प्रविधि मार्फत प्राविधिक सेवा एवम् खेती प्रविधि वारे जानकारी गराइनेछ । साथै मौसम सम्बन्धि जानकारी, बजार मूल्य सम्बन्धि जानकारी लगायतका बालीनाली तथा पशुपन्छीपालनको विविध पक्षवारेको सूचना प्राप्त गर्न सकिने गाउँपालिका कृषि विकास शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभयो ।
कृषि विकास बैंक लि. प्रदेश कार्यालय बिरेन्द्रनगरका निर्देशक श्री रघुनाथ न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष श्री दोर्जे लामा स्याङतान प्रमुख आतिथ्यता र उपाध्यक्ष श्री मानकुमारी पाख्रिन नेपालीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा ३ न.का वडाध्यक्ष भागवत धिमिरे, ५ न. का वडाध्यक्ष दिपेश दाहाल, शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो भन्ने कृषि विकास बैंक लि. कान्तिराजपथ हेटौडा शाखाका बरिष्ठ शाखा अधिकृत श्रीकृष्ण पराजुलिले कार्यक्रम सहजीकरण गर्नुभएको थियो ।
यो कार्यक्रम बागमती प्रदेशभरीमा नै मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाबाट पहिलो पटक शुरु गरिएको कृषि प्रमुख चौधरीले बताउनुभएको छ ।
सम्वन्धित समाचार
Add A Comment