हलिउड अभिनेत्री एनी हेचेलाई क्यालिफोर्नियाको एक अस्पतालले कानूनीरुपमा मृत घोषणा गरेको छ । तर, अंगदानको निधो नभएसम्म भेन्टिलेटरमै राखिने भएको छ ।
आगामी मंगलबारसम्म उनलाई भेन्टिलेटरबाट निकालेर उनका अंगलाई दान दिने तयारीमा परिवार छ ।
कार दुर्घटनमा गम्भीर घाइते भएकी अभिनेत्री हेचेलाई ६ दिनअघि अस्पतालमा भर्ना गरिएको थियो । उनी त्यसपछि कोममा गइन् र कहिल्यै फर्किनन् । उनको परिवारले शुक्रबार नै बाँच्ने आशा सकिएको बताएको थियो ।
लस–एन्जल्सस्थित आफ्नो घर नजिक भएको कार दुर्घटनामा हेचे गम्भीर घाइते भएकी थिइन् । सन् १९९७ मा रिलिज भएको फिल्म ‘डोनी ब्रास्को’, ‘आइ नो ह्वाट यू डिड लास्ट समर’का उनका चर्चित फिल्म हुन् ।