हेटौंडा / टोल विकास संस्था नगर समन्वय समिति हेटौँडा उपमहानगरपालिकाले योजना तर्जुमा गोष्ठीको आयोजना गरेको छ ।
नगर समन्वय समितिले टोल बिकास संस्थाहरुको संस्थागत बिकास र सुदृढीकरणका लागी योजना तर्जुमा गोष्ठीको आयोजना गरेको हो ।
गोष्ठीमा टोल विकास संस्था नगर समन्वय समितिका पदाधिकारी तथा सदस्यहरु र १९ ओटै वडाका टोल विकास संस्थाका वडा समन्वय समितिका अध्यक्षहरूलाई योजना निर्माणको प्रक्रिया, जनसहभागिता, संस्थागत बिकाश, चार बर्षे रणनीति, नीति तथा कार्यक्रमको विषयमा प्रशिक्षण दिइएको नगर समन्वय समितिका अध्यक्ष धुर्ब अधिकारीले बताउनुभयो ।
गोष्ठीमा रामकृष्ण थापा, ध्रुवबहादुर भुजेल, भिम प्रसाद तिमिल्सिनाले सहजीकरण गर्नुभएको थियो ।
नगर समन्वय समितिका अध्यक्ष ध्रुवकुमार आधिकारीको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर समन्वय समितीका उपाध्यक्ष सति न्यौपाने तथा महासचिब शिबहरि दाहालले मन्तव्य ब्यक्त गरेका थिए ।