• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

    २०७९ माघ १७ गते, मंगलवार १८:३६

    ‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौँ : मुख्यमन्त्री रावल

    २०७९ माघ १७ गते, मंगलवार ११:२७

    बिकासको लागि शिक्षा अपरिहार्य : सामाजिक विकास मन्त्री मोक्तान

    २०७९ माघ १५ गते, आईतवार २२:४४

    बाग्मती प्रदेश : मन्त्रालयका वेबसाइटमा मन्त्री एक जना, नाम र फोटो अर्कैकाे

    २०७९ माघ १५ गते, आईतवार ११:३२

    हेटौंडा महोत्सवमा मकवानपुरगढीका स्थानीय एवम रैथानेबालीको प्रदर्शनी तथा बिक्री

    २०७९ माघ ११ गते, बुधबार २०:२६
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

बकैयामा प्रज्ञा प्रतिष्ठान गठन: संयोजकमा गौतमा, सदस्य सचिवमा उपासक

✎ शुभसमय२०७९ आश्विन ४ गते, मंगलवार १४:१७ 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

हेटौंडा । बागमति प्रदेशको राजधानी रहेको मकवानपुरको बकैया गाउँपालिकामा दीपक गौतमको संयोजकत्वमा प्रज्ञा प्रतिष्ठान गठन गरिएको छ ।

सोमबार बकैयाको महेन्द्र माविमा भएको झरना साहित्यिक परिवारको चौथो अधिवेशनमा गौतमको संयोजकत्वमा सर्वसम्मत ९ सदस्यीय प्रज्ञा प्रतिष्ठान गठन भएको हो । मकवानपुरका १० वटा पालिका मध्ये स्थानीय प्रज्ञा प्रतिष्ठान गठन गर्ने बकैया पहिलो पालिका बनेको छ ।

बकैयाको २०७८ चैत १० गते बसेको कार्यपालिका बैठकबाट स्वीकृत कार्यविधिअनुसार ‘झरना–बकैया वाङ्मय प्रतिष्ठान’ दीपक गौतमको नेतृत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरेको छ । जसका सदस्यहरुमा बिश्वनाथ सञ्जेल, चिरञ्जीवी लामिछाने, गायत्री रुपाखेती, कृष्ण घतानी, सन्तराम राई, कुमार स्याङ्वो, शुभलक्ष्मि प्रभा चयन भएका छन् । प्रतिष्ठानको सदस्य सचिवमा मसान उपासकलाई चयन गरेको छ ।

तदर्थ समितिका संयोजक गौतमले कानुनी प्रक्रिया पूरा गरी प्रतिष्ठानलाई ६ महिनाभित्र पूर्णता दिइने प्रतिबद्धता जनाए । पालिकामा साहित्यिक क्रियाकलापको नेतृत्व झरना साहित्यिक परिवारले नै गरेकोले आगामी दिनमा पनि झरनासँगै सहकार्य गरेर पालिकाले प्रतिष्ठान गठन गरेको गौतमले बताए ।

बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले पालिकाले कला, भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा सक्दो सहयोग रहने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा निमेष निखिल, आरसी रिजाल, राजकुमार लामिछाने, श्रीराम अधिकारी, सम्प्रस पौडेल, कुवेर पराजुली, बकैयाका उपाध्यक्ष भक्तबहादुर खत्री, प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठलगायतको उपस्थीति रहेको थियो ।-khabarbreak

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
✎ शुभसमय

सम्वन्धित समाचार

सभापति लामिछानेविरुद्ध परेको जाहेरी दर्ता गर्न प्रहरीद्वारा अस्वीकार

स्वास्थ्यमा कुनै ‘कम्प्रमाइज’ नगर्नुस् : राज्यमन्त्री कार्की

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्छ : विश्वप्रकाश शर्मा

विद्युत् आयोजनाले मापदण्डको ख्याल नगर्दा सोलु खोला बगरमा परिणत

सडक दुर्घटनामा परी २८१ जनाको मृत्यु

अनुगमन बढाउन औषधि व्यवस्था विभागलाई मन्त्री गिरीको निर्देशन

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.