मकवानपुरगढी गाउँपालिका स्तरिय शिक्षक फुटबल प्रतियोगिताको उपाधि भानु माबिले हात पारेको छ । आईतबार भएको फाईनल खेलमा रुपनारायण माबि लाई ६ -१ गोल अन्तरले पराजित गर्दै आयोजक भानु माबि बिजयी भएको हो ।
बिजयी भानु माबिले १५ हजार नगद शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरि उपबिजेता रुपनारायण माबिले १० हजार रुपैया नगद शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा तेस्रो हुने शारदा माबिले ५ हजार नगद शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेका छन ।
खेलमा भानु माबिका मुकेस चौलागाई उत्कृष्ट खेलाडी घोषित हुदा रुपनारायण माबिका मनमोहन देबकोटा सर्बाधिक गोलकर्ता बनेका छन । यस्तै भानु माबिका सुमन थिङ उत्कृष्ट डिफेन्डर र शिवराम फुँयाल उत्कृष्ट गोलकिपर घोषित हुदै पुरस्कृत भएका छन ।
बिजयी टिमलार्ई मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जेलामा स्याङ्तान र उपाध्यक्ष मानकुमारी पाख्रिनले पुरस्कार बितरण गर्नु भएको थियो । भानु माबिको आयोजना र मकवानपुरगढी गाउँपालिकाको प्रायोजनमा मकवानपुरगढी ३ स्थीत भानु मिनि पिच (फुटसल)मा भएको खेल यहि असोज ७ गतेबाट शुरु भएको थियो ।
सम्वन्धित समाचार
Add A Comment