हेटौंडा । मकवानपुरका बिभीन्न स्थानबाट लागूऔषध सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–११ स्थित पुण्य क्षेत्र धाम प्रवेशद्धार गेट नजिक बाटोमा ना ८ ख २५४२ नम्बरको ट्रकको पछाडीको भाग सालको रुखमा ठोकी रोकी रहेको अबस्थामा फेला पारी चेकजांच गर्दा उक्त ट्रकको पछाडीको ढाला भित्र ६ वटा पोकामा ९५ किलो गांजा फेला परेको प्रहरीले जनाएको छ । ट्रक सहित उक्त लागूऔषध नियन्त्रणमा लिई अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
यसैगरी १५० मिलि ग्राम लागु औषध खैरोहेरोईन जस्तो देखिने कालो धुलो पदार्थ सहित १ जना नियन्त्रणमा लिएको छ । हेटौडा–११ नमुना टोल स्थित सडक खण्डमा शंकास्पद रुपमा हिडिरहेका स्थानीय २४ वर्षिय बिशाल बिश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बामदेव गौतमले बताउनुभयो । उनको शरीर खानतलासी गर्दा निजले लगाएको जिन्सको पाईन्टको खल्ती भित्र प्लाष्टिको पुरिया बनाई लुकाई छिपाई राखेको अबस्थामा लागु औषध खैरोहेरोईन जस्तो देखिने कालो धुलो पदार्थ १५० मिलग्राम फेला पारेको हुंदा उक्त लागुऔषध सहित निज बिशाल बिश्वकर्मालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ।
यसैगरी ११ किलो २ सय ग्राम लागूऔषध गांजा सहित ३ जना नियन्त्रणमा लिइएको छ । हेटौंडा–११ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडी सडक खण्डमा सवारी साधनहरु रोकी चेकजांच गर्ने क्रममा ना २ ह २३६३ नम्बरको अटोलाई रोकी चेकजांच गर्दा उक्त अटोको सिट पछाडीको खाली भागमा तयारी गांजा ११ किलो २०० ग्राम फेला पारेको हुंदा उक्त अटो चालक हेटौंडा १९ बस्ने ६० वर्षिय प्रेम बहादुर थिङ, अटोमा सवार हेटौंडा ३ बस्ने २ जना महिला सहित उक्त सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।