हेटौँडा । कार र मोटरसाईकल ठोक्कीदा मोटरसाईकलमा सबार एकजनाको मृत्यु भएको छ ।
चितवनको टाँडीबाट सुब्बाचोक तर्फ जादै गरेको ना ४८ प ४५८४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बा १७ च ७७७७ नम्बरको कार आज बिहान १० बजे आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा मोटरसाइकमा पछाडी सवार सोही नगरपालिका–१४ की ४० वर्षीया सुमित्रा गुरुङ गम्भीर घाइते भएकी थिईन ।
घाइते भएकी उनको नँया मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । कार सहित चालकलाई इलाका प्रहरी कार्यालय रत्ननगरले नियन्त्रणमा लिएको छ ।