१ पौष,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकाको वडा नं ८ बुढिचौरमा दुग्ध संकलन गर्न शुरु गरिएको छ । सोही ठाउँमा रहेको एकता स्वाबलम्बन कृषि सहकारी संस्थाले आजदेखी दुग्ध संकलन गर्न शुरु गरेको हो ।
आज पहिलाे दिन १३ जना किसान बाट करिब ६० लि. दुध सङ्कलन गरिएको संस्थाका कोषाध्यक्ष तथा पशु प्राविधिक कर्ण राज विश्वकर्माले बताउनुभयो ।
बुढिचौर तरकारी खेतीको साथै पशुपालनको लागि पनि उपयुुक्त ठाउँ भएकोले आगामी दिनमा दैनिक २ हजार लि.सम्म दुध सङ्कलन गर्ने उद्देश्य राखिएको र दुहुना पशु खरिदमा सहुलिएत ब्याज दरमा किसान क्रेडिट कार्ड मार्फत ऋण उपलब्ध गराईने कोषाध्यक्ष विश्वकर्मा बताउनुहुन्छ ।
संकलन गरिएको दुध मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको समन्वयमा हेटाैडामा रहेका दुग्ध पदार्थ उत्पादन गर्ने विभिन्न उद्योगहरुमा बिक्री गरिने बताइएको छ । आफुले उत्पादन गरेको दूध सोही ठाउँमा बिक्री गर्न पाउँदा किसान पनि खुशी भएका छन् ।
संस्थाका अध्यक्ष बालनन्द तिमल्सिना, हेटाैडामा रहेका विभिन्न दुग्ध पदार्थ उद्योगका प्रतिनिधिहरु र मकवानपुरगढी गाउँपालिका वडा नं.-८ का वडाध्यक्ष कुमारसिं घिसिङ्गकाे उपस्थितिमा दुग्ध सङ्कलन सुरु गरिएको हो ।