पोखरा : पोखरा अन्तराष्ट्रिय विमानस्थल उद्धाटनको दिन आइतबार पोखरा महानगरपलिकाले सार्वजनिक बिदा दिएको छ।
महानगरले विमानस्थलको उद्धाटनमा व्यापक जनसहभागिताका गराउनका महानगरका कार्यालय, शाखा, वडा कार्यालयसहित शैक्षिक संस्थाहरूमा बिदा दिएको मेयर धनराज आचार्यले जानकारी दिए।आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्दैछन्। देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको विमानस्थलको देशबाहिर समेत सन्देश दिनका लागि अंग्रेजी नयाँ वर्षका अवसरमा उद्घाटन गर्न लागिएको विमानस्थल प्रशासनले जनाएको छ।