हेटौंडा / दाहाल प्रतिष्ठान बागमती प्रदेश समितिको दोश्रो प्रदेश अधिबेशन तथा मकवानपुर शाखा समितिको १० औ अधिबेशन तथा बनभोज कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ ।
बिश्व बन्धुत्वका लागि भ्रातृ बन्धुत्वको नारा सहित हेटौंडा ६ रामनगर स्थित प्रतिष्ठानको आफ्नै जग्गामा आयोजित अधिबेशनले कुमारमणी दाहालको अध्यक्षतामा बागमती प्रदेश समिती र सिताराम दाहालको अध्यक्षतामा मकवानपुर शाखा समिति गठन गरेको छ ।
प्रदेश समितिको उपाध्यक्षमा निलहरि दाहाल, बिरेन्द्र दाहाल र शम्भु दाहाल, सचिबमा उद्धब दाहाल, सहसचिवमा हरिकृष्ण दाहाल, कोषाध्यक्षमा मेनुका दाहाल, सहकोषाध्यक्षमा सुन्दर दाहाल र लेखा समिति संयोजकमा पबिन दाहाल निर्वाचित भएका छन। त्यस्तै मकवानपुर शाखा समितिको उपाध्यक्षमा मनु दाहाल, सचिबमा तोयानाथ दाहाल, सहसचिबमा बिष्णु दाहाल, र कोषाध्यक्षमा तुलसा दाहाल निर्वाचित भएका छन ।
निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा दाहाल प्रतिष्ठान सहअध्यक्ष दुर्गा प्रसाद दाहालले कुलदेवतालाइ साक्षी राखि पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको थियो ।
कार्यक्रमकै अबसरमा प्रतिष्ठानको बिकास, बिस्तार एवं बंश उत्थानमा महत्त्वपूर्ण योगदान गर्नुभएका केन्द्रिय सहअध्यक्ष दुर्गाप्रसाद दाहाललाइ दोसल्ला सहित सम्मान गरिएको थियो । त्यस्तै जग्गा दाता बिष्णुप्रसाद दाहाल, संरक्षक सदस्य बालकृष्ण दाहाल र बिष्णुप्रसाद दाहाललाइ पनि दोसल्ला सहित सम्मान गरिएको थियो ।
अधिनेशनमा बागमती प्रदेश अध्यक्ष शिबहरि दाहालले नब निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिनुभएको थियो । अधिबेशनलाई दाहाल प्रतिष्ठानका केन्द्रिय महासचिव पुण्यप्रसाद दाहाल, सचिवालय सदस्य लक्ष्मण दाहाल केन्द्रिय सदस्य सुर्यकुमार दाहाल र दिपक दाहालले मन्तव्य ब्यक्त गर्नुभएको थियो ।