२९ पौष,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकाले विद्यालय दिवा खाजा कार्यक्रममा स्थानीय तथा रैथानेबालीको परिकार समावेश गर्ने निर्णय गरेको छ ।
हिजो बसेकाे कार्यपालिकाकाे बैठकले गाउँपालिका भित्र रहेका विद्यालयहरूमा प्रत्येक हप्ता बिहीवारका दिन विद्यार्थीहरूलाई स्थानीय एवम् रैथानेबालीका परिकार दिवा खाजाकाे रूपमा समावेश गर्ने निर्णय गरेकाे हो । यस अघिका गाउँपालिका अध्यक्ष बिदुर हुमागाईको पाला देखि नै गाउँपालिकाले पालिका भित्र रहेका सबै विद्यालयमा दिवा खाजाको ब्यवस्थापन गरिरहेको छ ।
साथै बैठकले रैथानेबाली काेदाे र फापरकाे न्यूनतम समर्थन मूल्य समेत निर्धारण गरेकाे छ । जसमा काेदाेकाे मूल्य प्रति केजी ४५ रुपैयाँ र फापरकाे मूल्य प्रति केजी ८० रुपैयाँ निर्धारण गरेकाे गाउँपालिकाका कृषि शाखा अधिकृत चन्द्रकान्त चौधरीले बताउनुभयो ।