सुर्खेत : कर्णाली प्रदेश सरकार आज विस्तार हुन लागेको छ। माओवादी र एमाल]ले मन्त्रीको नाम टुंगो लगाएपछि आज बेलुकी ६ बजे शपथ हुन लागेको हो।नेकपा माओवादी केन्द्रबाट कृष्णबहादुर जिसी र भीमप्रकाश शर्मा मन्त्रीका लागि सिफारिश भएका छन्। पार्टीले बुधबार सुर्खेतका जिसी र सल्यानका शर्माको नाम मन्त्रीका लागि सिफारिश गरेको हो


जिसी सुर्खेत निर्वाचन क्षेत्र १ प्रदेशसभा (ख) बाट र शर्मा सल्यान प्रदेशसभा (क) बाट निर्वाचित भएका थिए। मुगुका मंगल शाहीलाई भौतिक पूर्वाधार‚ ऊर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइएको छ।
नेकपा एमालेले दैलेखका विनोदकुमार शाहलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, जुम्लाका टेकराज पछाईलाई सामाजिक विकास मन्त्रालय, जीतबहादुर मल्ललाई उद्योग‚ पर्यटन‚ वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1