१२ जेठ,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा न.६ डुम्रेकुना स्थित श्री जाल्पादेवी माध्यमिक विद्यालयमा रैथाने बालीको महत्व सम्बन्धि अभिमुखीकरण तालिम गरिएको छ । कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनरत छात्र-छात्राहरु सहभागी रहेका थिए ।
कार्यक्रममा रैथानेबाली (कोदो, फापर, जुनेलो, धानकोदो, लट्टे) को परिचय, यसको पौष्टिक महत्व, आर्थिक महत्व, वातावरणीय महत्व र उपभोगको विषयमा अभिमुखीकरण गरिएको मकवानपुरगढी गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभयो ।
सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजु प्रसाद गौतम, वडा सदस्य जितबहादुर घलान, शिक्षकहरु र कृषि प्राविधिक अनिता न्यौपाने लगायतकाको सहभागिता रहेको थियो ।