मकवानपुर- बागमती प्रदेश सरकारले प्रदेश भित्रका प्रहरी चौकी निर्माणको लागि ६ करोड १५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । आइतबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले संघीय सरकार मातहतको ५ वटा प्रहरी चौकी भवन निर्माणका गर्न उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका स्थित इलाका प्रहरी कार्यालयको भवन निर्माणका लागि प्रदेश सरकारले सबैभन्दा बढी १ करोड ९८ लाख १ हजार उपलब्ध गराउनेछ ।त्यस्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरको महिला व्यारेक भवन निर्माणका लागि ८४ लाख २२ हजार, सिन्धुली जिल्लाको प्रहरी चौकी खाङसाङको भवन निर्माणका लागि १ करोड ३ लाख ३९ हजार रुपैयाँ उपलबध गराउने निर्णय गरेको छ ।
यसैगरी चितवन जिल्लाको सौराहास्थित प्रहरी चौकी निर्माणका लागि ९७ लाख ३३ हजार रुपैयाँ र जिल्ला ट्राफिक कार्यालय रामेछापको भवन निर्माणका लागि १ करोड ३२ लाख ६१ हजार रुपैयाँ बजेट उपलब्ध गराउने निर्णय गरेको छ ।
सम्वन्धित समाचार
Add A Comment