मक्रान्चुली- मकवानपुरगढी गाउँपालपका वडा न. ८ बुढीचौर स्थित रुपनारायण माविमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्षीहरुलाई रैथानेबालीको परिचय, महत्व, उपभोग र विविध पक्षवारे अभिमुखीकरण गरिएको छ । साथै बिहिवार नै गाउँपालिकाको टोलीले विद्यालय अनुगमन समेत गरेको छ ।
सोही क्रममा विद्यालयहरुमा हरेक विहिबार रैथाने खाजालाई निरन्तरता दिन गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले विद्यालयका सहायक प्रधानाध्यापक अजय योञ्जनलाई कोदोको पिठो ४० केजी र फापरको पिठो ४० केजी गरि ८० केजी पिठो हस्तान्तरण गर्नुभयो ।
अनुगमन कार्यक्रममा उपाध्यक्ष मानकुमारी पाख्रिन नेपाली, प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारी, ८ न. का वडाध्यक्ष कुमार सिं घिसिङ, श्रोत शिक्षक दशरथी उपाध्याय लगायतका सहभागीता रहेको गाउँपालिका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभयो ।
सम्वन्धित समाचार
Add A Comment