हेटौँडा । प्रमुख प्रतिपक्ष दल एमाले र राप्रपाले बैठक अबरुद्ध गर्ने चेतावनी दिएपछि बागमती प्रदेशसभा बैठक आजपनि स्थगित भएको छ ।
प्रमुख प्रतिपक्ष दल एमाले र प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अबरुद्ध गर्ने तयारी गरेपछि बैठक असार १७ गतेसम्मको लागि स्थगित भएको हो ।
बिहान ११ बजे बोलाईएको बैठक साँझ करिब साढे ५ बजे मात्र सुरु भएको थियो । बैठक प्रारम्भ हुनासाथ राप्रपा संसदीय दलका नेता उद्धब थापाले आफ्नो धाराणा राख्नासाथ बैठक अबरुद्ध भएको हो । थापाले बोल्नासाथ प्रतिपक्ष दलका सांसदहरुले सरकारले बजेट पुर्नलेखन नगरिकन संसद चल्न नदिने अडान राखेपछि बैठक १७ गतेसम्मको लागि स्थगित भएको हो ।