हेटौंडा । बिहीवार भएको राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशबाट चुनाव लडेका गठबन्धन पक्षका चार जना उम्मेदवार विजयी भएका छन्।
निर्वाचन आयोगको परिणाम अनुसार नेपाली काँग्रेसका जितजंग बस्नेत र विष्णुकुमारी पुडासैनी, नेकपा (माओवादी केन्द्र)का श्रीकृष्ण अधिकारी र नेकपा (एकीकृत समाजवादी)का घनश्याम रिजाल विजयी भएका हुन्।
यो निर्वाचनका लागि बागमती प्रदेशमा ३४७ मतदाता रहेकामा ३४२ जनाले मतदान गरेका थिए। स्थानीय तहका २३७ र प्रदेश सभाका ११० गरी ३४७ मतदातामध्ये २३४ स्थानीय र १०८ प्रदेश सभा सदस्यहरूले मतदान गरेका थिए।
यसैबीच, गठबन्धन पक्षको यो विजयले प्रदेश र केन्द्रको राजनीतिमा पनि त्यसको प्रभाव पर्ने विश्लेषण गरिएको छ।