१० चैत , मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमिरेले वडा नम्बर ३ मै रहेको भानु माविलाई आर्थिक सहयोग गर्नुभएको छ ।
गाउँपालिका कार्यालयबाट मासिक रुपमा सेवा सुविधा वापत प्राप्त हुने रकमबाट एक महिना बराबरको २२ हजार सात सय सत्तरी रुपैयाँ विद्यालयलाई सहयोग गरेको वडाध्यक्ष घिमिरेले बताउनुभयो ।
२०८० सालको एसईई परिक्षामा सामेल हुने विद्यार्थीहरुलाई विद्यालयले १ महिना विद्यालय मै राखी अध्यापन गराएको थियो । प्रति विद्यार्थीबाट १ हजार पाँच सय का दरले प्राप्त भएको शुल्कले मात्र खर्च नधान्ने तथा विद्यालयसँग पनि आर्थिक अभाव भएकोले आर्थिक सहयोग गरिएको उहाँले बताउनुभयो । घिमिरेले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खिल प्रसाद चौलागाईंलाई शुक्रबार चेक हस्तान्तरण गर्नुभएको हो । १ महिना अवधिमा करिब ४ लाख खर्च भएको विद्यालयका अध्यक्ष चौलागाईंले बताउनुभयो ।
विद्यालय ब्यवस्थापन समितिका सदस्य लक्ष्मण भट्टराई तथा कालिदेवी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष समेत रहनु भएका स्थानीय ब्यवसायी विक्रम योन्जनले पनि केहि दिन पहिले खाद्यान्न लगायत जिन्सी सहयोग गर्नुभएको थियो भने हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरन बहादुर जोशीबाट २५ हजार सहयोग प्राप्त भएको चौलागाईंले जानकारी दिनुभयो । साथै विभिन्न ब्यक्तिहरुबाट समेत विभिन्न प्रकारका सहयोग प्राप्त भएको उहाँले बताउनुभयो ।
साथै विद्यालयले एसईई परिक्षामा सहभागी हुने विद्यार्थीलाई अभिभावकको जिम्मा लगाउँदै विदाई समेत गरेको छ । यस वर्ष यस विद्यालयबाट ४६ जना विद्यार्थी एसईई परिक्षामा सामेल हुने विद्यालयले जनाएको छ ।
सम्वन्धित समाचार
Add A Comment