काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भएको हो ।
खेल बिहीबार दिउँसो १ बजे शुरु हुँदैछ । आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ सँग तीनवटा टी-२० र तीनवटा एकदिवसीय प्रतियोगिता खेल्ने छ ।
क्यानले टी-२० सिरिजका लागि विनोद भण्डारीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । जसमा लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, रासिद खान, सागर ढकाल, बिपिन खत्री, कमलसिंह ऐरी, हेमन्त धामी र विकाश अग्री रहेका छन् ।
यसअघि नेपालको राष्ट्रिय टोली र आयरल्यान्ड ‘ए’ बिच खेलिएको दुई खेलको टी-२० श्रृंखलामा नेपाल २-० ले विजयी भएको थियो ।
सम्वन्धित समाचार
Add A Comment