आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेप्से परिसूचक घटेको छ ।
आइतबार सामान्य अंकले घटेर बन्द भएको बजारमा सोमबार १६ दशमलव ८२ अंकले नेप्से घट्दै २ हजार ६.५२ अंकमा झरेर बन्द भएको हो ।
यस्तै, आज २ अर्ब ७९ करोड ७५ लाखको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
सोमबार १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ ।