यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतपत्रको नमुना सार्वजनिक गरेको छ ।
इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनको लागि मतपत्र सार्वजनिक गरिएको हो ।
इलाम क्षेत्र नम्बर २ मा मतपत्रको पहिलो नम्बरमा एमालेको सूर्य चिन्ह, दोस्रोमा कांग्रेसको रुख, तेस्रोमा रास्वपाको घण्टी, चौथोमा राप्रपाको हलो, पाँचौँमा जनमत पार्टीको हर्नलगायत क्रमशः अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरूको चिन्ह रहेको छ ।
यस्तै, बझाङ प्रदेश सभाको निर्वाचनका लागि सार्वजनिक नमुना मतपत्रमा पहिलो नम्बरमा एमाले, दोस्रोमा कांग्रेस, तेस्रोमा माओवादी केन्द्र, चौथोमा राप्रपा लगायतका दलहरूको चुनाव चिन्ह राखिएको छ ।
उपनिर्वाचनका लागि इलाम २ मा १९ जना उम्मेदवारहरू र बझाङ प्रदेशसभा १ मा ११ जना उम्मेदवारहरू चुनावी प्रचारप्रसारमा व्यक्त छन् ।