आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।
पाँच दिनदेखि निरन्तर ओरालो गतिमा गइरहेको नेप्से आज अन्तिम समयमा आएर बढ्न पुगेको हो ।
आज नेप्से १२ दशमलव २९ अकंले बढेर १९८४ दशमलव ४३ बिन्दुमा पुगेर रोकिएको छ ।
यस्तै, आइतबार ३१० कम्पनीको ६३ लाख ९३ हजार २४५ कित्ता शेयर किनबेच भएको छ भने २ अर्ब २५ करोड ९९ लाख ५९ हजार ४५६ रुपैयाँको कारोबार भएको छ ।
साताको पहिलो कारोबारको दिन ११ उपसूचकमा हरियाली छाएको छ ।