निर्वाचन आयोगले आसन्न उपनिर्वाचनमा यातायातको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
आयोगको सोमबार बसेको बैठकले यही वैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा मतदाताहरूको सहज आवागमनको लागि यातायात संचालनको व्यवस्था मिलाउन गृहलाई निर्देशन दिएको हो ।
इलामको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ र बझाङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ (१) मा उपनिर्वाचन हुँदैछ ।
दुई जिल्लासँग जोडिएका राष्ट्रिय राजमार्गमा सार्वजनिक यातायातका साधनहरूको आवागमनको उपयुक्त व्यवस्था मिलाउन आयोगले भनेको छ ।