राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार एउटा विधेयक प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपति पौडेलले खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले राष्ट्रपतिले आइतबार सो विधेयक प्रमाणीकरण गरेको जानकारी दिइन् ।
संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई केही समय अगाडि प्रमाणीकरणको लागि सो विधेयक राष्ट्रपति कार्यालयमा पेस भएको थियो ।