काठमाडौं । रासानिक मल खरिदमा १ अर्बभन्दा बढि भ्रष्टाचार भएको कसुरमा कृषि सामग्री कम्पनीका प्रबन्ध निर्देशक सञ्चालकसहित कर्मचारी र ठेकेदार विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरिएको छ ।
कृषक भने मल नपाएर खेती गर्ने बेलमा चिन्तित हुने गरेका छन् । तर त्यही मल ल्याउने कृषि सामग्री कम्पनीका प्रबन्ध निर्देशक सञ्चालकसहित कर्मचारी र ठेकेदारले ९० प्रतिशत नाफा हुने गरेर भ्रष्टाचार गरेका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कृषि सामाग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसहित १२ जनाविरुद्ध भ्रष्टाचार गरेको कसुरमा मुद्दा दायर गरेको हो ।
कम्पनीले डीएपी मल खरिद गर्दा नेपाल सरकारले तोकेको गुणस्तरमा नरहेको, कम गुणस्तरको मल खरिद गरी आर्थिक अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले गरेको अनुसन्धानमा नेपाल सरकारलाई १ अर्ब नोक्सानी गरेको दावीसहित अख्तियारले विशेष अदालतमा भष्टचार मुद्वा दायर विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले बताएका छन् ।
अख्तियारमा २०७८ जेठ १८ गते उजुरी परेको थियो । त्यही अनुसार अख्तियारले अनुसन्धान गर्दा कृषि कम्पनीले आपूर्तिकर्तालाई कूल रकमको ९० प्रतिशतले हुन आउने रकम १ अर्ब ५३ लाख रूपैयाँ भुक्तानी समेत दिएको देखिएको हो ।