२५ पौष मकवनापुर- नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवनापुरले एक प्रेस विज्ञप्ती निकाल्दै विद्यार्थी पिट्ने शिक्षकलाई कारवाहीको माग गरेको छ l
मकवानपुर जिल्ला बकैया गाउँपालिका वडा नं ३ स्थित बुद्द उच्च माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी सागर थिङ माथि सोहि विद्यालयका शिक्षक योगबहादुर राईबाट निर्घात कुटपिट भएको भन्दै विज्ञप्ती मार्फत दोषीलाई कारवाहीको माग गरिएको छ l
कुटपिट गर्ने शिक्षकलाई तत्काल बरखास्त गरि कानुन बमोजिम कारवाही गर्नुपर्ने तथा घाइते विद्यार्थीको यथासिघ्र उपचार हुनुपर्ने बिज्ञप्तिमा उल्लेख छ l शिक्षकलाइ कारवाही नभए अनेरास्ववियु मकवानपुर शशक्त ढंगवाट आन्दोलनमा उत्रिन बाध्य हुने समेत चेतावनी दिइएको छ l
सम्वन्धित समाचार
Add A Comment