३२ श्रावण- हेटौंडा उपमहानगरपालिका वडा नं. ४ शितलमहल चोकमा आउँदो भदौ २ गते शनिवार देखि दरबार एग्रोमार्ट संचालनमा आउन लागेको छ । एग्रोमार्ट संचालनको तयारी पूरा भएको संचालक सुरज लामाले जानकारी दिनुभयो ।
एग्रोमार्टमा फलफुल, तरकारी, गेडागुडी, मह लगायत स्थानीय एवम् रैथाने बालीहरु कोदो, कोदोको पिठो, फापर, फापरको पिठो, मार्सी चामल, स्थानीय बेसार साथै फलफुलको फ्रेस जुस, सजावटका विरुवाहरु उपलब्ध हुनेछ । मार्टमा मकवानपुरगढीमा उत्पादन भएका वस्तुहरु पनि रहने मकवानपुरगढी गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभयो ।
यसको मुख्य उदेश्य भनेको सिधै कृषकहरुको फार्म खेतबारीबाट विभिन्न कृषि उपजहरु ल्याई ताजा र स्वस्थ वस्तुहरु उपभोक्ताहरुलाई सहज रुपमा उपलब्ध गराउनु रहेको एग्रोमार्टका संचालक सुरज लामाले बताउनुभयो ।