कृषि तथा बन बिश्वबिद्धालय, बनसंकाय हेटौंडा- १० मा युवा रेडक्रस सर्कल पुनर्गठन भेलाको आयोजना गरिएको छ।
युवा रेडक्रस सर्कल हेटौंडाका अध्यक्ष सुजन खतिवडाको अध्यक्षता एवं नेपाल रेडक्रस सोसाइटी मकवानपुरका उपमन्त्री शिबहरि दाहालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
भेलामा रेडक्रस मकवानपुरका उपमन्त्री दाहालले बिश्व रेडक्रस र नेपाल रेडक्रस अभियान, जुनियर/ युवा रेडक्रसको आबस्यकता र महत्व लगायतका बारेमा बिद्यार्थीहरुलाइ प्रशिक्षण दिनुभएको थियो ।
भेलाले कृतिका लौडारीको अध्यक्षमा कृषि तथा बन बिश्वबिद्धालय युवा रेडक्रस सर्कल गठन गरेको छ ।