मक्रान्चुली- लामो समयदेखि स्वास्थ्य स्वयंसेविका भइ कार्य गरि उमेर ले ६० वर्ष पुरा हुनुभएका दुई जनालाई मकवानपुरगढी गाउँपालिकाले सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर – ४ कि सिता देवी तिमल्सिना र मकवानपुरगढी – ८ कि राधिका पुडासैनी रहनुभएको छ । २०४६ साल बाट निरन्तर रुपमा स्वास्थ्य स्वयंसेविका भइ कार्य गर्नुभएका उहाँहरुलाई मंगलबार २० औ महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको अवसर पारी सम्मान गरिएको हो । गाउँपालिकाबाट जनही नगद रु ५०,००० (पचास हजार) सहित सम्मान गरिएको मकवानपुरगढी गाउँपालिका स्वाथ्य शाखा प्रमुख धुर्ब लामिछानेले बताउनु भयो ।
दिवस लाई सम्मान गर्दै मकवानपुरगढी गाउँपालिकाले विशेष कार्यक्रम गर्दै मनाएको छ । ‘स्वास्थ्य क्षेत्रमा दिगो विकास,महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास’ भन्ने नाराका साथ गाउँपालिकाले वडा नम्बर २ मा कार्यक्रम आयोजना गरेको थियो ।
सो कार्यक्रममा पालिकाका आठ वटा वडा भरका ४० जना स्वास्थ्य स्वयमसेविकालाई निस्वार्थ सेवाको लागि सबैलाई बन्दोबस्तीका सामग्री सहित गाउँपालिकाका अध्यक्ष् दोर्जे लामा स्याङ्तान र उपाध्यक्ष मान कुमारी पाख्रिन (नेपाली)ले सम्मान पत्र प्रदान गर्नुभएको छ ।