हेटौंडा- हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको जनजागृती नगर दुग्ध उत्पादक सहकारी संस्था लि.को ३२ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष कुल प्रसाद पौडेलको अध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ का वडा सदस्य गोरखनाथ रायको प्रमुख आतिथ्यता तथा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका संचालक इन्द्र प्रसाद खतिवडा को विशेष आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभा कै अवसर पारी संस्थामा दुध बिक्री गर्ने विभिन्न कृषकहरुलाई संस्थाले सम्मान गरेको छ । सम्मानित हुनेहरुमा धेरै दुध बिक्री गरे वापत सावित्री श्रेष्ठ , सुर्य सिंह अधिकारी र शिव श्रेष्ठ तथा गुणस्तर दुध बिक्री गरे वापत अनिता चालिसे सुवेदीलाई सम्मान गरिएको छ ।
त्यस्तै असल ऋणी तर्फ बासु कार्की र असल बचत कर्ता तर्फ इन्द्र बहादुर बस्नेतलाई सम्मान गरिएको छ । त्यस्तै एस.ई.ई. मा उत्कृष्ट अंक ल्याई उतिर्ण हुने संस्थाका शेयर सदस्य नारन पौडेलका छोरा विकास पौडेललाई पनि सम्मान गरिएको संस्थाका ब्यवस्थापक ईश्वर बस्नेतले बताउनु भएको छ ।
भेला कै अवसर पारि २०५४ साल देखि २०७९ साल सम्म संस्थाको अध्यक्ष पदमा रहि संस्थाको उन्नति र विकासमा उल्लेखनीय योगदान पुर्याएको भन्दै संस्थाका निवर्तमान अध्यक्ष इन्द्र बहादुर बस्नेतलाई कदर पत्र सहित सम्मान गरिएको छ ।
भेलामा वनदेवी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष विजय बहादुर बस्नेत , सर्वोत्तम संचिति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राम बहादुर बस्नेत लगायतकाको आतिथ्यता रहेको थियो ।
भेलाले संचालक समितिको तर्फबाट अध्यक्ष कुल प्रसाद पौडेलले प्रस्तुत गर्नुभएको संस्थाको प्रगति प्रतिवेदन तथा लेखा समिति संयोजक सुमित्रा चौलागाईंले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पास गरेको छ । संस्थाले आर्थिक वर्ष २०७९/०८० मा २ करोड ७८ लाखको कारोबार गरेको ब्यवस्थापक बस्नेतले बताउनुभयो ।
सम्वन्धित समाचार
Add A Comment