हेटौंडा। मकवानपुरको भीमफेदीमा आगोमा जलेर गम्भीर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ।माघ १९ गते आफ्नै घरमा आगो ताप्ने क्रममा भिमफेदी-६ तारगाँउकी स्थानीय ४५ की पार्वती रम्तेललाई आगोले पोलेको थियो।
आगोले पोलेर गम्भीर घाइते उनको हेटौडा अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि बर्न अस्पताल किर्तिपुर पठाएकोमा उपचारको क्रममा हिजो राती मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।