हेटौंडा । चितवनमा शुक्रबारदेखि राष्ट्रिय चिया प्रदर्शनी तथा टी टेस्टिङ कार्यक्रम हुने भएको छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना तथा उद्योग वाणिज्य संघ चितवनको सह आयोजना, भरतपुर महानगरपालिकाको सहयोग र चिया क्षेत्रमा क्रियाशील विभिन्न संघ-संस्थाहरु, एसोसिएसन लगायतको सहकार्यमा माघ २६ र २७ गते नारायणी नदी किनार हुने भएको हो ।
प्रदर्शनीमा झापा, इलाम, धनकुटा, तेह्रथुम, भोजपुर, सङ्खुवासभा, पाँचथर, सिन्धुपाल्चोक, ललितपुर, कास्की देखि पश्चिमसम्म उत्पादित चियाको प्रदर्शन हुनेछ ।
प्रदर्शनीमा नेपाली चियाको राष्ट्रिय प्रदर्शनी तथा नेपालमा उत्पादित बिभिन्न ब्राण्डको चियाको निःशुल्क स्वाद लिन पाइने छ । प्रदर्शनीमा कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले गर्नेछन् ।
सम्वन्धित समाचार
Add A Comment