हेटौंडा । केन्द्रदेखि प्रदेशसम्म नयाँ समिकरण गर्ने गरी माओवादी-एमाले नेतृत्व गठबन्धन भएसंगै यसको प्रभाव बागमती प्रदेश सरकारमा पनि पर्ने देखिएको छ ।
११० सदस्य रहेको बागमती प्रदेश सभामा सत्ता समिकरण परिवर्तन हुँदा ठूलो दल नेपाली कांग्रेस सत्ताबाट बाहिरिने भएको छ । तर नयाँ गठबन्धनलाई पनि सरकार बनाउन सकस छ । सरकार गठनका लागि ५६ जनाको सांसदको समर्थन चाहिन्छ तर नयाँ गठबन्धनमा अहिले जोडिएका दलबाट मात्रै त्यो संख्या नपुग्दा सरकार बनाउन सकस देखिएको हो ।
नयाँ गठबन्धनमा रहेको एमालेका २७ र माओवादी केन्द्रका २१ गरि ४८ सांसद छन् । अंकगणित अनुसार नयाँ गठबन्धनले १३ जना सांसद भएको राप्रपालाई साथ लिंदा सहजै बहुमत पुग्छ तर अहिले राप्रपाले सत्ता केन्द्रित चलखेलमा सामेल नहुने जनाएको छ । त्यस्तोमा दोस्रो विकल्पमा नेकपा एकीकृत समाजवादीका ७ जना, नेमकिपाका तीन जना र हाम्रो नेपाली पार्टीका २ जना सांसदलाई साथ लिएर अघि बढ्नु पर्ने अवस्था छ । तर केन्द्रीय समिकरणमा नरहेका समाजवादी, नेमकिपा र हाम्रो नेपाली पार्टीको निर्णय के हुने एकिन छैन ।
केन्द्रमा भएको सत्ता समीकरण परिवर्तनले ३७ सांसदसहित सबैभन्दा ठूलो दल भएर पनि बागमती प्रदेशमा कांग्रेसलाई सरकार बनाउन माओवादी-एमाले गठबन्धन जस्तै सकस छ । बागमती प्रदेशमा सरकार बनाउन दुबैतर्फ राप्रपा र साना द
सम्वन्धित समाचार
Add A Comment