हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–२ ठाडोखोला स्थित बगरमा स्काभ्टरमा आगोलागी भएको छ । ना १ क ९८७२ नं। को स्काभेटर विगत १ महिना देखि बिग्रिएर बसेकोमा आगोलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताउनुभयो । आगोलागीका विषयमा थप अनुसंधान भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर–१ खचना वस्ने दिल बहादुर चेपाङको खरले छाएको काठको एक तले कच्चि घरमा अगोलगाी भएको छ । आफैले घर नजिकै रहेको घाँसपात जलाउने क्रममा एक्कासी घरमा आगो सल्कन गई आगलागी हुदाँ घर पुर्ण रुपमा जली घरमा रहेको लत्ताकपडा, भाँडावर्तन जिन्सि मालसामान क्षति भएको हो।