आज साता कारोबारको पहिलो दिन अर्थात नयाँ वर्षको पहिलो कारोबारको दिन शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २ दशमलव ३५ अंकले घटेर बन्द भएको हो । यो ० दशमलव ११ प्रतिशतको गिरावट हो ।
यससँगै नेप्से परिसूचक २०२३ अंकमा आइपुगेको छ । यस्तै आज नेप्सेमा सूचिकृत १२७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १०८ कम्पनीको शेयर मूल्य घटेको छ ।
साथै, १० कम्पनीको शेयर मूल्य स्थिर कायम भएको छ । आज ३ अर्ब ६ करोड ३७ लाख रुपैयाँ बराबरको ७७ लाखभन्दा बढी कित्ता शेयर किनेबच भएको छ ।