मकवानपुरमा पानीमा डुबेर आइतबार एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा थाहा नगरपालिका वडा नम्वर ४, नारायणझ्याउ बस्ने ७२ वर्षीया लाक्पा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, उनको स्थानीय धारापानीस्थित खोलामा जम्मा भएको पानीमा डुबेर मृत्यु भएको हो ।
मृतक शेर्पाको शव पोस्टमार्टमको लागि हेटौंडा अस्पतालमा ल्याइएको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।