आज/ साताको तेस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक १७ दशमलव ४२ अंकले बढ्दा २ हजार ७३५ दशमलव ९३ को विन्दु्मा कायम भएको छ । यसअघि सोमबार नेप्से परिसूचक २५ दशमलव ४१ अंकले बढेर २ हजार ७१८ दशमलव ५१ विन्दुमा पुगेर रोक्किएको थियो ।
यस्तै, आज २२८ सूचीकृत कम्पनीको ६० लाख ८१ हजार ६०२ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब २१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । सोमबार २२४ कम्पनीको ४९ लाख ९२ हजार ८७९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ रुपैयाँको कारोबार भएको थियो ।
आज सर्वाधिक कारोबार हुने कम्पनीमा नेपाल टेलिकम, अरुण भ्याली, जीवन विकास, हिमालयन डिस्टीलरी र आइसीएफसी फाइनान्स रहेका छन् । यस्तै, आज दुई कम्पनीको शेयरमा सर्किट लागेको छ । आज मैलुङ खोला र युनाईटेड इदी मर्दीका लगानीकर्ताले सर्वाधिक कमाउन सफल भएको छ ।