मकवानपुरमा थपिए १२ जना कोरोना संक्रमित , मकवानपुरगढीमा थपिए दुई जना

मकवानपुर – मकवानपुरमा आज थप १२ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ ।

पुष्ठि हुनेमा मनहरी गाउँपालिकाका ६ जना महिला र ४ जना पुरुष गरि जम्मा १० जना रहेका छन् । उनिहरु मनहरी वडा नं ७ र ८ का रहेका छन् ।

यसैगरी मकवानपुरगढीमा आज थप २ जना महिलामा संक्रमण पुष्ठि भएको छ । संक्रमण हुनेमा वडा नं ३ का एकै परिवारका सदस्य रहेको मकवानपुरगढी गाउँपालिकाका स्वास्थ्यशाखा प्रमुख बिदुर लामिछानेले बताएका छन् ।

मकवानपुरमा आज मनहरी र मकवानपुरगढीमा गरि जम्मा ८ जना महिला र ४ जना पुरुष गरि १२ जनामा संक्रमण देखिएको हेटौंडाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताउनु भएको छ ।

समाचार स्वास्थ्य