मनहरीमा चट्याङ लागेर एक महिलाको मृत्यु 

हेटौंडा । मकवानपुरको मनहरीमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ।सोमबार साँझ परेको चट्याङ लागेर मनहरी-६ हिलादमारमा एक महिलाको मृत्यु भएको हो।

मृत्यु हुनेमा स्थानीय ३७ बर्षीय माया बाल्पा थिङको रहेको मकवानपुर प्रहरीले जनाएको छ।थिङलाई घरमै बसिरहेको अवस्थामा सोमबार साँझ चट्याङ लागेको थियो।  उनको घटनास्थलमै ज्यान गएको जनाइएको छ।

Uncategorized