आफैँले घाँटी रेटेर आत्महत्या प्रयास 

काठमाडौंको काँडाघारीमा एक युवकले आफैँले घाँटी रेटेर आत्महत्या प्रयास गरेका छन् । 

ओखलढुंगाको चम्पादेवी नगरपालिका–४ स्थायी घर भएका २८ वर्षीय गणेश कार्कीले आँफैँले घाँटी रेटेर आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ । 

श्रीमतीसँगको झगडाका कारण कार्कीले आत्महत्याको प्रयास गरेको जनाइएको छ । उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 

उनको घाँटीको अगाडिको भागमा काटिएको छ । घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Uncategorized समाचार