काठमाडौंका विभिन्न स्थानमा निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय काठमाडौँले विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ। प्रशासनले फागुन २५ गतेदेखि लागू हुने गरी काठमाडौँको सिंहदरबार क्षेत्र, संसद् भवन रहेको नयाँबानेश्वर क्षेत्र, राष्ट्रपति कार्यालय आसपासको क्षेत्र, उपराष्ट्रपति कार्यालय वरपरको क्षेत्र र प्रधानमन्त्री निवास बालुवाटार आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । ती स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई नारा, जुलुस, धर्ना, घेराउ, प्रदर्शनजस्ता गतिविधि गर्न नपाइने प्रशासनको आदेशमा उल्लेख छ । निषेधाज्ञा दुई महिनाका लागि जारी गरिएको जनाइएको छ।

Uncategorized समाचार