हिमालको रजत जयन्तीका अवसरमा २२ गते मक्रान्चुलीमा महिलाहरुको स्वास्थ्य परिक्षण शिविर हुने

१५ जेठ,मक्रान्चुली- मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलीमा रहेको हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २५ औं वार्षिकोत्सब तथा रजत जयन्तीका अवसरमा विभिन्न कार्यक्रम गर्ने भएको छ । जस अनुसार भोलि २२ गते महिलाहरुको स्वास्थ्य परिक्षण शिविर संचालन हुने भएको छ ।

शिविरमा विशेषज्ञ टोलीद्वारा महिलाहरूको पाठेघरको मुखको क्यान्सर परिक्षण तथा स्तनको परिक्षण गरिने संस्थाकी अध्यक्ष जानकी दाहालले बताउनुभयो । गाउँघरका धेरै महिलाहरु रोग लुकाएर बस्ने हुँदा क्यान्सर जस्तो गम्भीर रोगका कारण कतिले अकालमा ज्यान गुमाउनु परेको भन्दै उहाँले समयमै स्वास्थ्य परिक्षण गराई परामर्श लिन तथा आवश्यक पर्दा डाक्टरको सल्लाह लिई समयमै उपचार गर्न उहाँले आग्रह गर्नुभयो ।

वार्षिकोत्सब कै अवसरमा संस्थाले आउँदो जेठ २४ गते हेटौंडा १५ , रातोमाटेमा रहेको दिब्य ज्ञान निकेतनमा आश्रय लिई बसेका बृद्धअबश्थामा रहेका असाहायहरुलाई बिहानको खाना खुवाउने कार्यक्रम रहेको अध्यक्ष दाहालले बताउनुभयो ।

साथै जेठ २६ गते संस्था स्थापनाको २५ औं वाषिर्कोत्सवको अवसरमा संस्थाले रजत जयन्ती मनाउन लागेको र सोही दिन संस्थाले तयार पारेको स्मारिका बिमोचन गर्ने कार्यक्रम समेत रहेको संस्थाकी ब्यवस्थापक सुभद्रा घिमिरेले बताउनुभयो । सोही दिन संस्थालाई सहयोग गर्नुहुने विभिन्न ब्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको उहाँले बताउनुभयो ।

Uncategorized