हात्तिसुँडेमा मोटरसाइलकको ठक्करबाट जन्तरी माया भोलन घाइते

हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका वडा नं.३ हात्तिसुँडेमा मोटरसाइलकको ठक्करबाट एक जना घाइते भएका छन् ।

धरान चतरा सडकखण्डमा अन्तरगत तालढुंगाबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश ३०२०१० प ३५२२ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय ६० वर्षीया जन्तरी माया भोलन घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार बिहान बाटो काट्ने क्रममा मोटरसाइकलले भोलनलाई ठक्कर दिएको हो । ठक्करबाट उनको टाउको लगायत शरिरको बिभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । उनको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।-praharkhabar

Uncategorized समाचार समाज