मानव सेवा आश्रममा एक महिलाको मृत्यु

हेटौंडा – चितवन भरतपुर महानगरपालिकास्थित रहेको मानव सेवा आश्रममा एक महिलाको मृत्यु भएको छ । आश्रमले रुपन्देही देवदह शितलनगर नगरपालिका–७ बाट महिलाको उद्दार गरि ल्याएको थियो ।

अपरिचित अन्दाजी ५१–५२ वर्षीय महिलाको मानव सेवा आश्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । यस घटनाबारे थप अनुसन्धान कार्य भईरेहको प्रहरीले जनाएको छ ।

समाचार समाज