हेटौंडामा लागु औषध सहित दुई जना पक्राउ 

हेटौंडा उपमहानगरपालिका वडा नं.१५ बाट प्रहरीले ठुला परिमाणमा लागुऔषधसहित दुई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका–१३ का २७ वर्षीय सन्तोष साह कलवार, धनुषा महेन्द्रनगर–२ घर भई हाल  हेटौंडा–४ स्थित बाईपास रोडमा मुन्ना साईकल स्टोरका संचालक ३७ वर्षीय मुन्ना भन्ने अमन प्रसाद जैसवाल रहेका छन् ।

पुर्वपश्चिम राजमार्ग अन्तर्गत बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज २३९६ नं. को सुमोको सिटमुनी सेतो बोराभित्र लुकाईछुपाई ल्याएको अवस्थामा नाईट्राभेट १५०० ट्यावलेट र wincirex २४० बोतल सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

लागुऔषध र टाटा सुमो गाडीसहित दुबैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

Uncategorized