३९७ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया

सर्लाही : सर्लाहीको बागमती नगरपालिका– ८ स्थित शंकरपुरमा ३ सय ९७ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरिएको छ। 

तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौंको संयोजन र नगरपालिकाको आयोजनामा एक साता सञ्चालित निःशुल्क आँखा परीक्षण शिविरमा मोतिविन्दुको समस्या देखिएका उनीहरुको निःशुल्क शल्यक्रिया गरेको नगर प्रमुख भरतकुमार थापाले जानकारी दिए।

उनका अनुसार जिल्लाको क्षेत्र ३ का सबै स्थानीय तहमा भएको निःशुल्क आँखा परीक्षण शिविरमा करिब ५ हजार जनाले आँखा परीक्षण गराएका थिए। साथै मोतिविन्दुको समस्या देखिएका ३ सय ९७ जनाको निःशुल्क शल्यक्रिया गरिएको हो। 

जिल्लाको बागमती, हरिवन, हरिपुर र बरहथवा नगरपालिकाका साथै बसबरिया र रामनगर गाउँपालिकामा शिविर एक सातासम्म चलेको थियो।

Uncategorized