माओवादी केन्द्रका सचिवालय सदस्य एमाले प्रबेश

हेटौंडा / नेकपा माओवादी केन्द्रका हेटौंडा नगर सचिवालय सदस्य विशाल तितुङ्ग नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रबेश गर्नुभएको छ ।
हेटौंडा १५ का नेता तितुङ्ग जनयुद्ध कालदेखि माओवादी केन्द्रमा सक्रिय रुपमा काम गर्दै आइरहेका थिए ।
नेता तितुङ्गलाई नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले एमाले पार्टी कार्यालय सानोपोखराटीका र माला लगाएर स्वागत गर्नुभएको थियो ।


स्वागत कार्यक्रममा नेकपा एमाले मकवानपुरका सचिवालय सदस्य सुनिल मोक्तान,, नवीन सिग्देल, जिल्ला कमिटी सदस्य तथा युवा संघका स्थाइ कमिटी सदस्य सन्तोष चौलागाईं, एमाले जिल्ला कमिटि सदस्य शिबहरि दाहाल, युवा संघ मकवानपुर अध्यक्ष लक्ष्मण उप्रेती, एमाले जिल्ला कमिटी सद्स्यहरु इन्द्रमान लामा, बिश्व राइ, सानू लामा, चन्द्र शाही, कृष्ण लामिछाने, एमाले नगर अध्यक्ष शालिकराम पुडासैनी, सचिन लामा, प्रेस चौतारी नेपाल मकवानपुरका सहसंयोजक पुष्पराज अधिकारी लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

एमाले प्रवेश गरेको तितुङले आफुले माओवादी परित्याग गरि पार्टीको मुलधारमा आएको बताए । उहाँले कम्युनिस्ट आन्दोलनलाई अझ बलियो बनाउन नेकपा एमालेमा प्रवेश गरेको र एमालेको बिचार र सिद्धांतलाई आत्मसाथ गर्दै अगाडी बढने बताए ।

मुख्य समाचार मुख्य समाचार (flash news) राजनीति समाचार स्थानीय