मकवानपुरको ३ वटा लघु वित्तीयमा नेकपा बहुमतको तालाबन्दी

हेटौंडा । धर्मेन्द्र बास्तोलाको नेतृत्वमा रहेको माओवादी धारको नेकपा बहुमतले मकवानपुरको तीन वटा लघु वित्तीय संस्थामा तालाबन्दी गरेको छ ।

बुधबार बिहान हेटौंडा उपमहानगरपालिका भित्रको २ वटा र बागमती गाउँपालिकामा रहेको एक वटा लघु वित्तीय संस्थामा नेकपा बहुमत मकवानपुरले तालाबन्दी गरेको हो ।

लुघवित्तले सर्वसाधारणहरुलाई चर्को व्याजदरमा ऋण दिएर मानसिक तनाव र दुःख दिएको भन्दै वित्तीय संस्थालाई चेतावनी स्वरुपमा पहिलो चरणमा तालाबन्दी कार्यक्रम गरेको नेकपाका एक जिल्ला नेताले जानकारी दिए ।

उनका अनुसार हेटौंडा-४ स्थित छिमेक लघुवित्त वित्तीय संस्था, नेरुडे लघु वित्तीय संस्था र बागमती-७ स्थित जीवन विकास लघुवित्तमा तालाबन्दी गरिएको हो ।

उनले लघुवित्तहरुले सर्वसाधरण जनतामाथि ज्यादती गरेको भन्दै चर्को व्याजदरमा ऋण दिएर दुःख दिने लघुवित्तको सूची संकलन भइरहेको र त्यस विरुद्ध गरिने संघर्षका कार्यक्रमको तयारी समेत भइरहेको बताए ।

Uncategorized